April 22, 2025

धादिङमा ६.१ म्याग्निच्युडको भूकम्प, चितवनमा पनि धक्का

October 22, 2023
- ADVERTISEMENT -

चितवन / धादिङलाई केन्द्रबिन्दु बनाएर आज (आइतबार) बिहान भूकम्प गएको छ । भूकम्पविद् भरत कोइरालाका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको हो ।

“धादिङ केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् कोइरालाले भने, “यो नयाँ भूकम्प होइन परकम्प हो ।” भूकम्पको धक्का धादिङ, चितवन, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो ।

चितवनसहित नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको कम्पन केही बेरसम्म महसुस गरिएको थियो ।

- ADVERTISEMENT -