काठमाडौं / अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा विष्फोट भएको छ । विष्फोटमा परी दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएको काबुल प्रहरीले जनाएको छ ।
काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानका अनुसार विष्फोट बजारी क्षेत्रमा भएको हो । विष्फोटको कारण अझै पत्ता लगाउन नसकिएको बताइएको छ । गत दुई साता यता सो क्षेत्रमा भएको यो दोस्रो विष्फोट हो ।
यसअघि पनि सो क्षेत्रमा एक पार्किङस्थलमा विष्फोट भएको थियो ।