२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

बस दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

प्रकाशित मिति : २०८० कार्तिक १२ गते
sketch
- ADVERTISEMENT -

बारा / बाराको जीतपुर सिमरा उपमहानगर वडा नं २ स्थित सिमरा चोकमा शनिबार राति बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्वरको दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार, मृतकको हाल पहिचान खुलेको छैन ।

यस्तै, सोही दुर्घटनामा परेर बसमा सवार ११ जना घाइते भएका छन् । उनीहरुको विरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

- ADVERTISEMENT -