काठमाडौं / टी–ट्वेन्टी विश्वकप एसिया छनोटको खेल आज (सोमबार) बिहान ९ बजेबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरसँग भिड्दै छ ।
टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा एसोसिएट देश मध्येका सबैभन्दा उत्कृष्ट टिम नेपाल रहेको मानिन्छ । फाइनलमा पुग्ने टोली विश्वकपका लागि छनोट हुनेछन् ।
नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा मलेसिया र तेस्रोमा ओमानसाग प्रतिस्पधा गर्नेछ। समूहको शीर्ष दुईमा रहे नेपाल सेमिफाइनल पुग्नेछ ।
फाइनल पुग्ने टोली मात्र विश्वकपमा छनोट हुनेछ । नेपालको कप्तानी रोहित पौडेलले गर्नेछन् । दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्ल प्रमुख हतियार हुन् । स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने देखिन्छ । टोलीमा अन्य परिवर्तनको सम्भावना छैन ।
नेपालले सन् २०१४ मा नेपाल विश्वकप खेलिसकेको छ । नेपाललाई फेरि विश्वकपमा पु¥याउने अवसर रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकपमा २० देश सहभागी गराउने भएसँगै नेपालको सम्भावना पनि बढेको छ ।
पछिल्लो केही महिनामा जसरी नेपालले खेलिरहेको छ त्यो फर्म कायम रहने भने हो नेपाल सहजै फाइनल पुग्न सक्नेछ । पहिलो दिन आज चार खेल हुनेछन् ।
बिहान ९ बजे मुलपानी मैदानमा बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ । टियुमा दिउँसो साढे १ बजे ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। मुलपानी मैदानमा सोहि समयमा हङकङले कुवेतसँग भिड्नेछ ।