June 20, 2024

इजरायलको आक्रमणबाट करिब साढे आठ हजार प्यालेस्टिनीको मृत्यु

October 30, 2023
photo : google

काठमाडौं / इजरायली आक्रमणबाट गाजामा करिब ८ हजार ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८ हजार ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १ हजार ४०० बढीको मृत्यु भएको छ ।

इजरायल–हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९ यता हरेक एक वर्ष गाजामा द्वन्द्वका कारण मारिएका बालबालिका भन्दा पछिल्लो तीन सातामै धेरै बालबालिकाको मृत्यु भइसकेको छ ।

इजरायलले गाजाको अल–कुद्स अस्पताल पनि खाली गर्न भनेको छ । अस्पतालमा हुने बमबारीले विश्व चिन्तित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । गाजामा राहत वितरणमा समेत अवरोध भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -