काठमाडौं / आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेल नेपालले आज (मंगलबार) मलेसियासँग खेल्दैछ । घरेलु मैदानमा हिजोदेखि सुरु भएको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध सहज जित निकालेको थियो ।
यससँगै नेपालले मलेसियासँग खेल्दा सेमिफाइनलतर्फ पनि नजर हुनेछ । नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच बिहान ९ बजे खेल सुरु हुनेछ । यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।
यस्तै नेपालको नजर जितका साथै नेट रनरेटमा पनि हुनेछ । ८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुने प्रावधान छ ।
त्यसैले अहिले नेपाली टोली ९ वर्षपछि फेरि टी–२० विश्वकपमा पुग्ने एक मात्र लक्ष्यका साथ खेलिरहेको छ ।
मंगलबार कुल चार खेल हुनेछ । ओमान र सिंगापुरबीचको खेल टीयू मैदानमै बिहान ९ बजे सुरु हुनेछ । यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल मुलपानी मैदानमा बिहान ९ बजे सुरु हुनेछ । मुलपानी मैदानमै यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।
टी–२० को दोश्रो खेल : नेपाल मलेसियासँग भिड्दै
October 31, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
