April 22, 2025

विद्युत सर्ट हुँदा आगलागी, ९ वटा पसलमा क्षति

November 3, 2023
Sketch
- ADVERTISEMENT -

काभ्रे / पाँचखाल नगरपालिका वडा नम्बर–४ स्थित समाज कल्याणचोकको एक व्यापारिक प्रयोजनमा रहेको घरमा आगलागी भएको छ । जिल्ला प्रहरी प्रहरी कार्यालय काभ्रेका अनुसार स्थानीय उद्धवप्रसाद तिमल्सिनाको घरमा शुक्रबार बिहान सवा ६ बजेतिर विद्युत् सर्ट भएर आगलागी भएको हो ।

उक्त आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । आगलागी करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।

प्रनाउ श्रेष्ठका अनुसार, आगलागीमा कुनै मानवीय क्षति भएको छैन । व्यापारिक प्रयोजनमा रहेको उक्त घरको सटरमा सञ्चालित ९ वटा पसलमध्ये ४ वटा कपडा पसलमा पूर्ण क्षति भएको छ । आगलागीमा ३ वटा होटल, १ वटा मोबाइल पसल र १ वटा मासु पसलमा आंशिक क्षति भएको उनले बताए । क्षतिको यकिन तथ्यांक आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -