२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

जाजरकोटमा लगातार भूकम्प, १२८ को मृत्यु, घाइते ८५ जना

प्रकाशित मिति : २०८० कार्तिक १८ गते
- ADVERTISEMENT -

काठमाडौं / जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा गएको भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४.५ म्याग्न्च्यिुडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु पैंक र रामिडाँडाको आसपास रहेको थियो ।
त्यसपछि फेरी १२ बजेर २९ मिनट जाँदा ४.२ म्याग्निच्युड र १२ बजेर ३५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गएको थियो ।
जाजरकोट प्रहरीका अनुसार भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार, जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, जाजरकोटमा भुकम्पमा परेर हालसम्म ५५ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार भइरहेको र केही केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरिएको जनाएको छ ।
यसैगरी, रुकुम पश्चि प्रहरीका अनुसार, घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ । घाइते हुनेको संख्या बढ्ने क्रममा जारी रहेको छ ।

- ADVERTISEMENT -