गैँडाकोट / चितवनको गोलाघाटबाट जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २८ गोलाघाटस्थित गोलाघाट वाईल्डलाईफ रिसोर्टमा जुवा खेलिरहेका ११ जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले एघार जना जुवाडेलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । उनीहरुको साथबाट पचास हजार सात सय पैतिस नगद रुपैया र १७ थान कौडा तथा एकबुक तास बरामद गरिएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा नवलपरासी (व.सु.पू.) गैडाकोट नगरपालिका वडा नं. ०१ बस्ने वर्ष ३८ को राजु गुरूङ, चितवन भरतपुर म.न.पा. वडा नं. १६ बस्ने वर्ष ४० को बुद्धिबहादुर गुरूङ, सोही बस्नेहरु वर्ष २८ को सोमबहादुर गुरूङ, वर्ष ४५ को महेन्द्र धमला, वर्ष २८ को विवेक गुरूङ, वर्ष ३० को किसन गुरूङ, वर्ष २४ को बिक्रम थापा मगर, वर्ष २८ को मनोज भण्डारी, वर्ष ४८ को ज्ञानप्रसाद सुवेदी, वर्ष ४७ को गंगाबहादुर परियार, वर्ष ३७ को मुक्ति पौडेल रहेका छन् ।
चितवनमा कौडा खेल्ने ११ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
