चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा जुवा, तास, खडखडे नखेल्नु र नखेलाउन अनुरोध गरेको छ । प्रशासनले आज एक सूचना जारी गर्दै यस वर्षको तिहार, छठ र नेपाल सम्बत्लाई शिष्ट र मर्यादित बनाउन सो सूचना जारी गरेको हो । सूचनामा पटका, भूईचम्पालगायतका बिस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री बितरण, परिवहन र पैठारी नगर्न भनेको छ ।
देउँसी भैलो बेलुकी ९ बजेसम्म गर्न र जुवा, तास, कौडा, सट्टेबाजी, खडखडेलगायतका नखेल्ने, नखेलाउन आव्हान गरेको छ । त्यसैगरी चितवनमा मदिरा र मदिराजन्य बस्तुको बिक्री बितरण राति ९ बजेसम्म अनुमतिप्राप्त व्यवसायीहरुबाट मात्र गर्न र स्वीकृति नलिई चिठ्ठा, उपहारका कार्यक्रम नगर्न पनि प्रशासनले अनुरोध गरेको छ ।
प्रशासनको सूचनामा कुनै पनि कार्यक्रम गर्दा सामाजिक शिष्टाचार कायम गर्दे व्यापारीहरुले पसलमा अनिवार्य मूल्यसूची राख्न पनि निर्देशन दिएको छ । यदि कानुन विपरितका गतिविधि गरे स्थानीय प्रशासन ऐन–२०२८ बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
तिहारमा जुवा तास खेल्न रोक लगाउँदै चितवन प्रशासन
November 6, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
