चितवन / पहेँलो धातुलाई सक्कली सुन जस्तै बनाई हिँड्ने दुई जना चितवनबाट पक्राउ परेका छन् । सुन जस्तो देखिने पहेँलो धातुमा लोगो छापसहित सक्कली सुन जस्तै बनाई हिँड्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संखुवासभा सभापोखरी गाउँपालिका–३ घर भई हाल काठमाडौँ–४ चक्रपथ बस्ने ४३ वर्षीय कमल अधिकारी र सिन्धुली फिकल गाउँपालिका–३ घरभई हाल कमलामाई नगरपालिका–७ बस्ने ४३ वर्षीय दिलबहादुर थापा रहेका छन् ।
कात्तिक २१ गते हेटौंडाबाट भरतपुरतर्फ आइरहेको बागमती प्रदेश ०३९ प ७५३२ नम्बरको स्कुटरलाई अस्थायी प्रहरी पोष्ट लोथरको टोलीले लोथरस्थित पूर्व–पश्चिम राजमार्गमा रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट नक्कली सुन बरामद गरेको थियो ।
९९९.९ शुद्ध, मेटल फाइनेस एयु ९९९.९, मेटल वेट १० ग्राम लेखिएको प्याजी रङको कार्डभित्र राखिएको क्रेडिट सुईस, १० ग्राम फाइन गोल्ड, ९९९.९ लेखिएको आयातकारको सुन जस्तो देखिने ३३ थान पहेँलो धातु पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
नक्कली सुनलाई लेमिनेशन गरी सुनचाँदी पसलको बिल समेत साथमा बोकी सक्कली सुन हो भनि विक्री गर्ने उद्देश्यले लुकाईछिपाई ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान गर्ने काम भइरहेको उनले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

३३ थान सुन जस्तो देखिने धातुसहित दुई पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












