चितवन / उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर उज्यालो तिहार सांस्कृतिक कार्यक्रम–२०८० गर्ने भएको छ ।
भरतपुर भ्रमण वर्ष– २०२४ लाई लक्षित गर्दै तिहारको अवसर पारेर आज (शुक्रबार) भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागिएको उज्यालो टाइम्सका अध्यक्ष राजुबाबु भट्टले जानकारी दिए ।
अध्यक्ष भट्टका अनुसार नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको बेजोड सांगितिक प्रस्तुती रहने छ ।
तिहारको अवसरमा कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने र भरतपुर भ्रमण बर्ष २०२४ लाई प्रर्वद्धन गर्न कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
यसअघि मिडीयाले पत्रकारिता संँगै अन्य सामाजिक कार्यक्रम गर्दै आएको र यस्तो सांस्कृतिक कार्यक्रम पहिलोपटक गर्न लागिएको उनले बताए । उनले तिहारमा सांगितिक मनोरञ्जनका साथै एकआपसमा सद्भाव भाईचारा र एकताको पनि सन्देश जाने बताए ।
कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुती र नृत्य एकेडेमीको बेजोड प्रस्तुति समेत रहनेछ ।
कार्यक्रमका संंयोजक राकेशमान श्रेष्ठले सम्पूर्ण तयारी भइसकेको जानकारी दिए । कार्यक्रममा ५ लाख बढी खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक कपिलसागर कर्माचार्यले बताए ।
कार्यक्रमबाट बचेको रकम असहाय, अनाथ बालबालिकाको क्षेत्रमा खर्च गरिने आयोजकको भनाई छ ।
- ADVERTISEMENT -

उज्यालो तिहार सांँस्कृतिक कार्यक्रम आज, निशान र बबिरोशाको प्रस्तुति
November 10, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
