चितवन / उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाईजिङ्ग प्रालिले तिहारको अवसर पारेर उज्यालो तिहार सांस्कृतिक कार्यक्रम–२०८० गर्ने भएको छ ।
भरतपुर भ्रमण वर्ष– २०२४ लाई लक्षित गर्दै तिहारको अवसर पारेर आज (शुक्रबार) भरतपुरको सेरेना बुटिक होटलमा उक्त कार्यक्रम गर्न लागिएको उज्यालो टाइम्सका अध्यक्ष राजुबाबु भट्टले जानकारी दिए ।
अध्यक्ष भट्टका अनुसार नेपालका चर्चित कलाकार निशान भट्टराई र नवगायिका बबी रोशा ढकालको बेजोड सांगितिक प्रस्तुती रहने छ ।
तिहारको अवसरमा कला संस्कृतिको संरक्षण र जगेर्ना गर्ने र भरतपुर भ्रमण बर्ष २०२४ लाई प्रर्वद्धन गर्न कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
यसअघि मिडीयाले पत्रकारिता संँगै अन्य सामाजिक कार्यक्रम गर्दै आएको र यस्तो सांस्कृतिक कार्यक्रम पहिलोपटक गर्न लागिएको उनले बताए । उनले तिहारमा सांगितिक मनोरञ्जनका साथै एकआपसमा सद्भाव भाईचारा र एकताको पनि सन्देश जाने बताए ।
कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुती र नृत्य एकेडेमीको बेजोड प्रस्तुति समेत रहनेछ ।
कार्यक्रमका संंयोजक राकेशमान श्रेष्ठले सम्पूर्ण तयारी भइसकेको जानकारी दिए । कार्यक्रममा ५ लाख बढी खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक कपिलसागर कर्माचार्यले बताए ।
कार्यक्रमबाट बचेको रकम असहाय, अनाथ बालबालिकाको क्षेत्रमा खर्च गरिने आयोजकको भनाई छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

उज्यालो तिहार सांँस्कृतिक कार्यक्रम आज, निशान र बबिरोशाको प्रस्तुति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.41
153.01

European Euro
1
175.80
176.50

UK Pound Sterling
1
205.65
206.46

Swiss Franc
1
187.62
188.35

Australian Dollar
1
107.56
107.98

Canadian Dollar
1
109.33
109.76

Singapore Dollar
1
119.06
119.53

Japanese Yen
10
9.56
9.60

Chinese Yuan
1
22.60
22.69

Saudi Arabian Riyal
1
40.59
40.75

Qatari Riyal
1
41.80
41.97

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.50
41.66

Malaysian Ringgit
1
37.29
37.44

South Korean Won
100
10.72
10.76

Swedish Kroner
1
15.95
16.01

Danish Kroner
1
23.52
23.61

Hong Kong Dollar
1
19.42
19.50

Kuwaity Dinar
1
496.05
498.00

Bahrain Dinar
1
404.24
405.84

Omani Rial
1
395.85
397.41














