April 25, 2025

जुवा खेल्ने ८० जना पक्राउ, साढे पाँच लाख बरामद

November 18, 2023
File photo.
- ADVERTISEMENT -

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले दसैँ र तिहारको अवधिमा जुवातास खेलेका ८० जनालाई पक्राउ गरेको छ । उनीहरुबाट रु पाँच लाख ४८ हजार पाँच सय ९२ बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार पक्राउ परेकामध्ये ३७ जनाविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दर्ता गरिएको छ । उनीहरुबाट रु तीन लाख १७ हजार एक सय ५० बरामद गरिएको थियो । उनीहरु धरौटीमा रिहा भएका छन् ।
पक्राउ परेका अन्य ४३ जना कारबाही प्रक्रियामा रहेका छन् । उनीहरुबाट रु दुई लाख ३० हजार चार सय ४२ बरामद गरिएको थियो ।

- ADVERTISEMENT -