काठमाडौं / मिथिलाञ्चलमा छठका व्रतालुले शनिबार ‘खरना’ विधि गर्दैछन् । कार्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ बाट व्रत शुरू गरेका श्रद्धालुले शनिबार पञ्चमी तिथिमा गरिने खरना गर्न लागेका हुन् ।
छठको दोस्रो दिन दिनभर उपवास बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ । यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ ।
व्रतको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर अपराह्न जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन् । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । यसलाई ‘भोरका अरख’ भनिन्छ । यससँगै व्रत समाप्त हुन्छ ।
छठमा श्रद्धा र निष्ठालाई महत्त्व दिइन्छ। अर्घ्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अर्घ्यदिने पवित्र जलाशयको सरसफाइ र श्रृंगारलाई पनि महत्त्व दिइन्छ ।
- ADVERTISEMENT -

छठ पर्व : आज ‘खरना’
November 18, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
