२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

अवैध ८ लाख रुपैयाँसहित दुई जना पक्राउ

प्रकाशित मिति : २०८० मंसिर ८ गते
File photo.
- ADVERTISEMENT -

जनकपुरधाम / स्रोत नखुलेको अवैध रकमसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी महोत्तरीले बिहीबार आठ लाख १० हजार ९२० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

महोत्तरीको सम्सी गाउँपालिका–३ बस्ने २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी पक्राउ परेका हुन्

भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो परिमाण्को रकम बरामद भएपछि निजाहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाउन बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।

- ADVERTISEMENT -