२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

बाह्रौं राष्ट्रिय कर दिवसमा सूर्य श्रेष्ठलाई सम्मान

प्रकाशित मिति : २०८० मंसिर ८ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर–११ वाइपास रोडमा अवस्थित एस एण्ड पी कम्पनीका संचालक सूर्यप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । आन्तरिक राजश्व कार्यालय चितवनले बाह्रौं राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीबार एस एण्ड पी कम्पनीका संचालक श्रेष्ठलाई सम्मान गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईले श्रेष्ठलाई दोसल्ला ओढाई र प्रशंसा पत्रले सम्मान गरेका हुन् । सम्मानित श्रेष्ठलाई कार्यालयको परिसरभित्र विभिन्न समयमा सरसफाइ, वृक्षरोपण, बगैँचा निर्माण, रंगरोगन, कार्यालयको रेखदेखमा उल्लेखनीय योगदान प्रदान गरेकोमा सम्मान गरेको हो ।


श्रेष्ठको कम्पनीले विगत ८ वर्षदेखि कम्पनी दर्ता, खारेजी, आयकर सम्बन्धी सम्पूर्ण कार्य गर्दै आएको छ । उनी आफूले कमाएको केही प्रतिशत रकम सामाजिक कार्य स्कुल, वृद्धवृद्धा, असहायहरुलाई समेत खर्च गर्दै आएको छ ।
‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने मूल नारासहित आन्तरिक राजश्व कार्यालय चितवनले मंसिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाएको हो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, उद्योग संघ चितवनका सूर्य न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कार्यालयका कर अधिकृत विमल पौडेलले संचालन गरेका थिए ।

- ADVERTISEMENT -