April 26, 2025

आगलागीमा परेर चार जनाको मृत्यु

November 25, 2023
Sketch
- ADVERTISEMENT -

बर्दिया / आगलागीमा परेर चार जनाको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा शुक्रबार राति आगलागी हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढा रहेका छन् ।
त्यस्तै, सोही आगलागीमा परेर एक जना घाइते भएका छन् घाइते हुनेमा २८ वर्षकी करिष्मा चन्द रहेका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आगलागीको कारण नखुलेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -