चितवन / अल स्टार स्पोर्ट्स एकेडेमी धनगढीले लेडी जेसीज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रौतहट महिला फुटबल एकेडमीलाई १–० ले हराउँदै धनगढी च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् ।
उनले पहिलो हाफमा गरेको गोल नै धनगढीलाई जिताउन पर्याप्त भयो । बिर्सना नै प्लेयर अफ दि म्याच बनिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् । च्याम्पियन बनेको धनगढीले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित रौतहटले एक लाख रुपैयाँमा चित्त बुझाएको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्लेयर अफ दि टुर्नामेन्ट बनिन् ।
उनले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरिन् । धनगढीकी उषा नाथ प्रतियोगिताभरको उत्कृष्ट गोल किप्पर, रौतहटकी समिक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, रौतहटकै इशा राना मगर उत्कृष्ट मिड फिल्डर र धनगढीकी ममता पुन मगर उत्कृष्ट फर्वाड घोषित भए । यस्तै धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही १०–१० हजार प्राप्त गरे ।
नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा ८ टोली सहभागी थिए ।
धनगढीलाई लेडी जेसीज कपको उपाधि
November 26, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

उवा संघ–चितवनका सदस्यलाई पुष्पान्जली हस्पिटलको २५ प्रतिशत छुट

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य जारी, २० प्रतिशत सकियो

सर्वोच्चको आदेशपछि पनि आन्दोलन नछाड्ने अडान, शिक्षकहरू अझै सडकमा

सार्वजनिक मञ्चबाटै प्रधानमन्त्री ओलीले सरकार ढल्न लागेको संकेत गरेपछि …

आजदेखि बजेट अधिवेशन सुरु, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्ने
- ADVERTISEMENT -
