२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026
२०८३ जेष्ठ ३०, शनिबार
June 13, 2026 Saturday
- ADVERTISEMENT -

धनगढीलाई लेडी जेसीज कपको उपाधि

प्रकाशित मिति : २०८० मंसिर १० गते

चितवन / अल स्टार स्पोर्ट्स एकेडेमी धनगढीले लेडी जेसीज कप राष्ट्रिय महिला फुटबलको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा रौतहट महिला फुटबल एकेडमीलाई १–० ले हराउँदै धनगढी च्याम्पियन बनेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) मा भएको खेलमा धनगढीलाई विजयी गराउन बिर्सना चौधरीले निर्णायक गोल गरिन् ।
उनले पहिलो हाफमा गरेको गोल नै धनगढीलाई जिताउन पर्याप्त भयो । बिर्सना नै प्लेयर अफ दि म्याच बनिन् । उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन् । च्याम्पियन बनेको धनगढीले ट्रफीसहित दुई लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित रौतहटले एक लाख रुपैयाँमा चित्त बुझाएको छ । च्याम्पियन टिमकी कप्तान निरु थापा प्लेयर अफ दि टुर्नामेन्ट बनिन् ।
उनले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरिन् । धनगढीकी उषा नाथ प्रतियोगिताभरको उत्कृष्ट गोल किप्पर, रौतहटकी समिक्षा घिमिरे उत्कृष्ट डिफेन्डर, रौतहटकै इशा राना मगर उत्कृष्ट मिड फिल्डर र धनगढीकी ममता पुन मगर उत्कृष्ट फर्वाड घोषित भए । यस्तै धनगढीका सुरज तामाङ उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही १०–१० हजार प्राप्त गरे ।
नारायणगढ लेडी जेसीजको आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा ८ टोली सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73