२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

खानेपानी बोर्डलाई २८८ वटा धारा हस्तान्तरण

प्रकाशित मिति : २०८० मंसिर १६ गते
- ADVERTISEMENT -

मकवानपुर / हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मा रहेको २८८ वटा धारा हेटौंडा खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ ।
उत्तरपानीमा टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट संचालन हुँदै आएको २८८ वटा धारा, डिप बोरिड्ड तथा पानी टंकीसहितको खानेपानी योजना शुक्रबार एक कार्यक्रमबीच खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको हो ।
खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भएसँगै उक्त धाराहरुका उपभोक्ताहरुले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको मासिक १० हजार लिटर बराबरको खानेपानी निःशुल्क पाउने भएका हुन् । उक्त नियम मंसिर महिनादेखि लागू हुनेछ ।
टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर सिन्तानको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा समिति अन्तर्गत विगत लामो समयदेखि कार्यरत दुई कर्मचारीलाई उमेर हदको कारण अवकाश प्राप्त भएकोले दोसल्ला ओढाई, प्रमाण पत्र र नगद सहित सम्मान तथा बिदाई गरिएको थियो ।
उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा–१४ का वडाध्यक्ष दिपक खड्का, बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, भविष्य मध्यवती वन उपभोक्ता समितिका अध्यक्ष तीर्थ मोक्तानलगायतको आतिथ्यता रहेको थियो ।

- ADVERTISEMENT -