निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

निजी स्वास्थ्य संस्थाहरुको अनुगमनमा तीब्रता

प्रकाशित मिति : २०८० मंसिर १८ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिकाले महानगरभित्र सञ्चालित निजी स्तरका स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तीब्र पारेको छ । महानगरपालिकाले गत साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान गरेको थियो ।
महानगरको सुचना प्रकाशन आधारमा निवेदन पेश भएका संस्थाहरुको पहिलो चरणमा अनुगमन गरिएको महानगरका जनस्वाथ्य अधिकृत केशव भट्टले जानकारी दिए । पहिलो चरणमा ५६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिने अधिकृत भट्टले बताए ।
हालसम्म ४२ वटा स्वास्थ्य संस्थाको अनुगमन गरिसकिएको छ । जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि महानगरपालिकाले वर्षेनी स्वास्थ्य संस्थामा अनुगमन गर्ने गरेको छ ।
यस्तै अनुगमनका क्रममा सर्वसुलभ स्वास्थ्यको पहुँच वृद्धि गर्न टेवा पुग्ने भएकाले अनुगमलाई निरन्तरता दिईरहेको हो । स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरु तालिम प्राप्त भए नभएको, जोखिमयुक्त फोहरको व्यवस्थापनको अवस्थाबारे पनि अनुगमन गर्ने गरिएको छ ।
अनुगमनका क्रममा मापडण्ड पुरा भएकाहरुको दर्ता गरिनेछ भने पुरा नभएकाहरुलाई मापदण्ड पुरा गर्न अनुरोध गरिने छ । गत असोज २१ बाट सुरु भएको अनुगमन नियमित चल्ने बताइएको छ । गत वर्ष ४ वटा १५ शैयाको अस्पतालसहित ५२ वटा स्वास्थ्य संस्था दर्ता गरिएको थियो ।
हालसम्म दर्ता गर्न नआएका स्वास्थ्य संस्थालाई दर्ता प्रकृयामा आउन महानगरपालिकाले सार्वजनिक आह्वान समेत गरेको छ । दर्तामा नआई मापदण्ड विपरित सञ्चालन भएका स्वास्थ्य संस्थालाई कानुनी कारबाही गरिने महानगरपालिकाका जनस्वास्थ्य शाखा प्रम्ुख दिपक सुवेदीले जानकारी दिए ।
महानगरपालिकाले जनस्वास्थ्य ऐन ०७७ तथा स्वास्थ्य संस्था दर्ता नविकरण तथा सञ्चालन अनुमति कार्यविधि ०७७ निर्माण गरी सोही अनुसार काम कारबाही अगाडि बढाउदै आएको छ । भरतपुर महानगरले १५ शैयाको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ ।
भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को संख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48