चितवन / भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अब नियमित खेल गतिविधि हुने बताइन् । वागमती प्रदेश स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै प्रमुख दाहालले रंगशालाको अभ्यास खेल मैदानमा नियमित खेल हुने उल्लेख गरिन्
नियमित खेल गर्न संघ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने समेत स्पष्ट पारिन् । रंगशालामा खेल गतिविधि नियमित गर्न एक चरणको छलफल र सहमति भइसकेको उनको भनाइ छ ।
क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि ७० प्रतिशत वागमती प्रदेश र ३० प्रतिशत भरतपुर महानगर गर्ने सहमति भएको छ । पहिलो चरणमा रु ७५ करोडको काम हुने जनाइएको छ ।
‘क्रिकेट रंगशाला बन्नेमा दुई मत छैन, उनले भनिन्, ‘केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा दुई विश्वविद्यालयबाट सहमति पत्र आउँदै छ । एक महिनाभित्र निर्माण सुरु गर्ने गरी टेण्डरको काम हुँदैछ ।’ प्रमुख दाहालले क्रिकेट रंगशालाको अन्य संरचनालाई पनि सञ्चालन हुने गरी सरसफाईको कार्य अघि बढ्ने बताइन् ।
भरतपुर महानगरपालिका खेल गतिविधिमा नेपालका ७५३ पालिका मध्ये पहिलो स्थानमा रहेकाले यसलाई कायम राख्न खेल गतिविधिलाई निरन्तरता दिईने उनको भनाइ थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघका केन्द्रीय सचिव तथा वागमती प्रदेशका अध्यक्ष पारस खड्काले निकट भविष्यमा गौतम बुद्ध क्रिकेट रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना बढ्दै बढेको उल्लेख गरे ।
अध्यक्ष खड्काले क्रिकेट खेलको विकासका लागि मेयर रेनु दाहालले लिनु भएको अग्रसरता लिनु भएकोमा प्रशंसा गरे ।
यसैबीच प्रधानमन्त्री कपका लागि भएको वागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाण्डौँले हात पारेको छ । सोमबार भएको लालितपुर र काठमाण्डौँबीचको फाईनल खेलमा लालतिपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ क्रिकेट संघले उपाधि हात पारेको हो ।
सुरुवाती ब्याटिङ गरेको ललितपुरले ९ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको काठमाण्डौँले १६ दशमल १ ओभरमा ६ विकेटमा लक्ष्य पुरा गरेको थियो ।
‘गौतम बुद्ध क्रिकेट रंगशालामा अब नियमित खेल हुनेछ’

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
