April 25, 2025

चितवनमा भोलिदेखि पाँच दिने भरतनाट्यम नृत्य कार्यशाला

December 9, 2023
- ADVERTISEMENT -

चितवन / नारायणी कला मन्दिर नारायणगढ र नृत्य निर्देशक संघ चितवनको संयुक्त आयोजनामा पाँच दिने भरतनाट्यम नृत्य कार्यशाला हुने भएको छ । नृत्य कार्यशाला मंसिर २४ गतेदेखि २९ गतेसम्म चल्ने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
नृत्य निर्देशक संघ चितवनका अध्यक्ष पुष्प श्रेष्ठका अनुसार कार्यशालामा सहभागीहरुलाई भरतनाट्य नृत्य निर्देशक स्वजन रघुवंशीले प्रशिक्षण दिनेछन् । रघुवंशी भरतनाट्यममा पिएचडी गरिरहेका नेपालको पहिलो नृत्यकार तथा नृत्य निर्देशक हुन् । यस्तै कत्थकमा पनि उनले ब्याच्लर गर्नुका साथै गोल्ड मेडलिस्ट हुन् ।
अध्यक्ष श्रेष्ठले नृत्य कार्यशालामा रुची राख्ने जो कोही सहभागी हुन सक्ने जानकारी दिए । कार्यशालामा सहभागीलाई एक हजार रुपैयाँ सःशुल्क उनले बताए । नृत्य अध्ययनमा इच्छुकहरुका लागि यो राम्रो अवसर हुने उनको भनाइ छ ।
नारायणी कला मन्दिरका अध्यक्ष सुविर श्रेष्ठले पहिलो दिन सैद्धान्तिक कक्षा र त्यसपछि प्रयोगात्मक हुने बताए । बिहान ६ देखि ८ तथा साँझ ५ः३० देखि ७ः३० गरी दुई सिफ्टमा कार्यशाला सञ्चालन हुने उनले जानकारी दिए ।
भरतनाट्यमले नृत्य अनुशासन सिकाउन समेत मद्त गर्ने उनको भनाइ थियो । यो अवसरको सदुपयोग गर्न उनले सबैलाई आग्रह गरे । नृत्य कार्यशाला नारायणी कला मन्दिरमा हुनेछ ।

- ADVERTISEMENT -