–प्रतिमा तामाङ
चितवन । भरतपुर १२ मा अवस्थित प्रेरणा सेकेण्डरी स्कुलमा अध्ययनरत करिब ७ सय विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परीक्षण (दाँत, आँखा, नाक, कान र घाँटी) गरिएको छ ।
कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) को प्राविधिक सहयोगमा मंसिर २८ र २९ गते (बिहीबार र शुक्रबार) उक्त विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । बिहीबार कक्षा ५ देखि १० र शुक्रबार नर्सरीदेखि कक्षा ४ सम्मका गरी दुई चरणमा विभाजन गरी स्वास्थ्य परीक्षण गरिएको स्कुलले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष लेखराज पन्त ‘हरि’ ले कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष पन्तले स्वास्थ्य सवल नभई शिक्षा हासिल गर्न नसकिने बताए । स्कुलले संचालन गरेको स्वास्थ्य शिविर अनुकरणीय रहेको उनको भनाइ थियो ।
प्रेरणा सेकेण्डरी स्कुलका प्राचार्य मोहन लामाले स्वास्थ्य र शिक्षा बलियो भए मात्र सक्षम राष्ट्र निर्माण हुने बताए । आगामी दिनमा पनि विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै परीक्षणलाई निरन्तरता दिने उनले भने ।
सिएमएसका डा प्रेरणा वंशलले विद्यार्थीहरुका लागि स्वास्थ्य परीक्षण अति आवश्यक रहेको बताउँदै आगामी दिनमा सहकार्य गरिने बताए । सिएमएसका डाक्टर, नर्स र प्राविधिक सहित ४० जनाको टोली स्वास्थ्य परीक्षणमा जुटेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवनाथ सडौलाको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सहप्राचार्य अविनाश अधिकारीले गरेका थिए ।
प्रेरणा स्कुलका ७ सय विद्यार्थीको स्वास्थ्य जाँच
December 16, 2023

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
