April 22, 2025

पन्चकन्या मावि भिटो एजुकेसन पब्लिक स्पिकिङ्ग च्याम्पियन

December 17, 2023
- ADVERTISEMENT -

चितवन / गीतानगरमा सम्पन्न वक्तृत्व कला प्रतियोगितामा दिब्या शर्मा प्रथम भएकी छिन् । लियो क्लब अफ गीतानगरको आयोजनामा युवा र सामाजिक संजाल विषयमा आयोजित भिटो एजुकेसन पब्लिक स्पिकिङ्ग च्याम्पियनमा रत्ननगरको पन्चकन्या माविकी विद्यार्थी दिब्या शर्मा प्रथम हुदाँ भरतपुरको अमरज्योति ईंग्लिश बोर्डइङ्ग स्कूलकी प्रमिशा घिमिरे दोस्रो र अरोमा ईंग्लिश सेकेन्डरी स्कुलकी अस्मिन काफ्ले तेस्रो भएकी थिईन् ।
शनिबार गीतानगरको अरुणोदय माध्यामिक विद्यालयको सभाहलमा सम्पन्न प्रतियोगितामा २२ विद्यार्थीहरुले सहभागीता जनाएको क्लबकी अध्यक्ष श्रया सुवेदीले जानकारी दिईन् ।
विजेताहरुलाई प्रमाणपत्र र नगद सहित पुरस्कार प्रदान गरिएको थियो । निर्णायकका रुपमा शिक्षिका मिरा तिमल्सेना र भारतको सम्पूर्णानंद संस्कृत विश्वविद्यालयको ज्योतिष संकायतर्फ स्नातकोत्तर टपर सन्तोष न्यौपाने थिए ।
क्लबले विद्यार्थीहरुलाई समाजिक संजालको सकारात्मक संदेश प्रदान गर्ने र खराब पक्षको जानकारी गराउने उद्धेश्य सहितप्रतियोगिता आयोजना गरेको क्लबका उपाध्यक्ष शिव शर्मा गौतमले जानकारी दिए ।
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा नारायणगढको भिटो एजुकेसन रहेको थियो ।

- ADVERTISEMENT -