२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

भरतपुरमा अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु

प्रकाशित मिति : २०८० पुष १ गते

चितवन / भरतपुरको कल्याणपुरस्थित स्मल हेभन स्कुलमा नवौं अन्तर विद्यालय एथ्लेटिक्स मिट सुरु भएको छ । ‘स्पोर्टिङ बडी, स्पोर्टिङ माइन्ड’ भन्ने नाराका साथ शनिबारबाट सुरु भएको नवौं संस्करणको एथ्लेटिक्स मिटको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका हुन् ।
मन्त्री चित्रकारले संस्थागत विद्यालयको रुपमा स्मल हेभनले देशको शैक्षिक क्षेत्रलाई उकास्न महत्वपूर्ण भूमिका खेलेको बताए । संस्थागत विद्यालयको रुपमा शिक्षा क्षेत्रमा स्कुलले गरेको योगदान प्रशंसनीय रहेको उनको भनाइ थियो । स्कुलले आयोजना गरेको एथ्लेटिक्स मिट खेलाडी उत्पादनमा कोशेढुङ्गा साबित हुने समेत उनले बताए ।
मन्त्री चित्रकारले स्कुलले गर्ने यस्ता क्रियाकलापले चितवनको पहिचानलाई सिङ्गो देशभर पु¥याउन मद्दत मिल्ने विश्वास व्यक्त गरे । सरकारले शिक्षामा ठूलो लगानी गरे पनि अझै यथेष्ट नभएको बताउँदै सरकार र निजी क्षेत्रको लगानीमा देशको शैक्षिक क्षेत्रलाई माथि उठाउन पर्नेमा उनले जोड दिए ।
प्याब्सन चितवनका अध्यक्ष किर्तीनिधी अर्यालले विद्यार्थीहरु किताबी ज्ञानमा मात्र नभई विभिन्न क्षेत्रमा अब्बल हुन आवश्यक रहेको बताए । स्कुलले आयोजना गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो रुची अनुसारको क्षेत्रमा अब्बल हुन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
यस्तै उनले सरकारले समेत गर्न नसकेको यस किसिमको कार्यक्रम निजी लगानीको एउटा विद्यालयले गरेको भन्दै प्रशंसा गरे । यसले तिनै तहका सरकारलाई चुनौती दिएको उहाँको भनाइ थियो । यस्तै उनले शारीरिक र वौद्धिक बिकासका लागि खेलकुद आवश्यक रहेको समेत बताए ।
विद्यालयका प्राचार्य रामचन्द्र न्यौपानेले एथ्लेटिक्स मिट चितवनमा विद्यलाय स्तरमा हुने खेलकुद प्रतियोगिताकै नमूना भएको समेत उनले दाबी गरे । विद्यालयले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको न्यौपानेले बताए ।
किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले बिशेष जोड दिँदै आएको उनको भनाइ थियो । विद्यालयमा आयोजित एथ्लेटिक्स मिट त्यसैको एउटा नमूना भएको उनले दाबी गरे । कक्षा १२ सम्म पठन–पाठन हुँदै आएको स्मल हेभन देशकै एक नमूना विद्यलायको रुपमा स्थापित रहेको छ ।
पौष २ गतेसम्म हुने एथ्लेटिक्स मिटमा जिल्लाभरका ३८ संस्थागत विद्यालय सहभागी छन् । सहभागी खेलाडीहरुले बिभिन्न १२ विधामा प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ एक सय, दुई सय, चार सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछन् । यस्तै चार गुणा सय मिटर रिले, चार गुणाचार सय मिटर रिले, सट पुट, लङ्ग जम्प, ट्रिपल जम्प र टग अफ वार पनि हुनेछ ।
यस्तै महिलातर्फ एक सय, दुई सय, चार सय, पाँच सय, आठ सय र एक हजार ५०० मिटर र ३ किलोमिटर दौड हुनेछ । यस्तै चार गुणा सय मिटर रिले, चार गुणा चार सय मिटर, सट पुट, लङ्ग जम्प, कबड्डी र बास्केटबल हुनेछ ।
यी खेलहरुमा महिला र पुरुष दुबैतर्फ १२÷१२ स्वर्ण, १२र१२ रजत र १२÷१२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । विद्यालयले हरेक दुई–दुई वर्षमा यस प्रतियोगिया आयोजना गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -