चितवन / जिल्ला प्रहरी कार्यालय नवलपुरले नाबालिकाको बिहे गराई दिने पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले १६ वर्षीय नाबालिकाको ४० वर्षीय पुरुषसँग जबरजस्ती विवाह गराइदिने आमासहित पाँच जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बालिकाको भाउजूले दिएको उजुरीको आधारमा छोरीलाई दबाब दिएर विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पक्राउ गरेको हो ।
मंसिर २९ गते आफ्नो घरबाट केही पर रहेको सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई उनकी आमाले विवाह नगर्ने भए आफू झुण्डेर मर्ने भन्दै विवाह गर्न दबाब दिएकी थिइन् ।
आमा र दुई सानीमा सानोबाको दबाबका कारण किशोरी विवाहको लागि राजी भएकी जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी दिए । आफ्नो घर नै नलगी कावासोतीमै रहेको सानीमाको घरबाट छोरीको टिकोटालो गरेर विवाह गराइदिएर आमा घर फर्किएकी थिइन् ।
सानीमाको घर गएकी नन्द घर नफर्किएपछि सोधी खोजी गर्दा ४० वर्षको पुरुषसँग विवाह गरिदिएको थाहा पाएपछि भाउजूले प्रहरीमा जाहेरी दिएकी इन्स्पेक्टर शर्माले जानकारी दिए । सोही जाहेरीका आधारमा प्रहरीले मङ्गलवार आमासहित बालिका विवाहमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिइएको हो ।
४० वर्षका पुरुषले बालिकासँग दोस्रो विवाह गरेका हुन् । उनलाई नियन्त्रणमा लिएपछि बालिकालाई भाउजूको संरक्षणमा पठाइएको प्रहरीले जानकारी दिएको छ । १६ वर्षकी बालिका ७ कक्षा पढेर छोडेकी थिइन् । १२ वर्षअघि नै उनको बाबुको मृत्यु भएको, परिवारमा दुई दाइ, भाउजू र आमा रहेका छन् । तर, दुई दाइ भने वैदेशिक रोजगारीमा रहेका जनाइएको छ ।
१६ वर्षकी नाबालिकाको जबरजस्ती बिहे, आमासहित पाँच पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
