April 26, 2025

रैथाने फुड फेस्टिबल गर्दै चितवनका होटल व्यवसायी

December 23, 2023
- ADVERTISEMENT -

चितवन । होटल व्यवसायी संघ चितवनले नारायणगढको क्याम्पाचौरमा रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रमको तयारी तीव्र पारेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२४ र तमु ल्होसारको अवसर पारेर पुस १४ गतेदेखि १८ गतेसम्म फुड फेस्टिबल हुन लागेको संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले जानकारी दिए ।
अध्यक्ष भट्टका अनुसार फुड फेस्टिबलमा साना–ठूला गरी ३९ वटा स्टल रहने छन् भने स्टल बुकिङ सुरु भइसकेको छ । जसमा ३४ साधारण र ५ वटा विशेष स्टल रहने बताइएको छ ।
साधारण स्टललाई २० हजार र विशेष स्टललाई ४० हजार रुपैयाँ शुल्क राखिएको उनले बताए । फुड फेस्टिबलमा रैथाने खानेकुरालाई प्राथमिकता दिइएको छ भने विविध सांस्कृतिक कार्यक्रमहरु पनि हुने आयोजकले जनाएको छ ।
फेस्टिबलमा पशुपति शर्मा, प्रिति आले, अनु चौधरी, हास्य कलाकार सुवोध गौतम, सुप्रिम मल्ल ठकुरी, कर्णराज गिरी, प्रजापती पराजुली, स्वप्न सुमन, ढाकाराम पौडेल, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान चितवनका कलाकारहरु लगायत अन्य राष्ट्रिय तथा स्थानीय कलाकारहरु साथै स्याडोज व्याण्ड प्रस्तुती रहने होटल व्यवसायी संघ चितवनका सचिव कृष्णकुमार महतोले जानकारी दिए ।
फुड फेस्टिबलको मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रालि र सहप्रायोजकमा नेपाल लिक्वर्स प्रालि, हस्पिटालिटी पार्टनरमा होटल ह्यापी होम र ग्यालेक्सी गार्डेन रिर्सोट रहेका छन्् । वल्र्डलिंक कम्युनिकेशनले फुड फेस्टिबलमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ ।

- ADVERTISEMENT -