March 15, 2025
- ADVERTISEMENT -

सौराहामा आजदेखि १७औँ हात्ती महोत्सव सुरु

December 26, 2023
File photo.

चितवन / सौराहामा १७औँ हात्ती महोत्सव सुरु हुँदैछ । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा आज (मंगलबार) देखि हात्ती महोत्सव हुन लागेको हो । कोरोना महामारीपछि स्थगित भएको महोत्सव चारवर्ष पछि सुरु गरिएको हो ।
आयोजकका अनुसार चित्रसारीको चौरमा महोत्सव गर्न लागिएको हो । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो ।
महोत्सवमा हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता मात्रै गर्ने आयोजक क्षेत्रीय होटल संघका महासचिव गुणराज थपलियाले जानकारी दिए । योसँगै डुङ्गा दौड, पर्यटकीय गोष्ठी र सेमिनार हुनेछ ।
यसपटक ३० निजीसहित ४० हात्ती वनभोजमा सहभागी गराइने युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजित महोत्सव पुस १४ गतेसम्म चल्नेछ ।

- ADVERTISEMENT -