चितवन / चितवन चेम्बर अफ कमर्सको अध्यक्षमा गोपाल भट्टाराई निर्विरोध निर्वाचित भएका छन् । कमर्सको बुधबार सम्पन्न वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट २१ सदस्यीय कार्यसमितिसहित भट्टराई अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सहकोषाध्यक्षमा प्रकाष श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तैगरी सदस्यहरुमा गगन लामा, शुकरानी लामा, शोभा गौतम, नविन रिजाल, बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेनमान शाक्य, रामप्रसाद सुबेदी, प्रमिल न्यौपाने, विशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी, पुरुशोत्तम कंडेल चयन भएका हुन् ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन भाबी कार्ययोजना र आर्थिक प्रतिबेदन अनुमोदन गरिएको छ साथै देशको बर्तमान आर्थिक अवस्था, ब्यबसायीहरुले भोग्नु परेको समस्याका संदर्भमा व्यवसायीहरुले आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रमा बोल्दै संस्थापक अध्यक्ष समेत रहनु भएका अध्यक्ष दीर्घमान श्रेष्ठले संस्था स्थापना कालदेखि हालसम्म नेपालमा चेम्बरले पुर्याएको योगदानको चर्चा गर्दै र वर्तमान अवस्थामा व्यवसायीलाई धैर्यतापूर्वक आफ्नो व्यव्सायमा लाग्न अनुरोध गर्नु गरे ।
नवनिर्वाचित अध्यक्ष भट्टराईले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गर्दै वैदेशिक रोजगारीका नाममा विदेश पलायन हुने युवाहरुलाई नेपालमै उधम तथा रोजगारीको वातावरण बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्ने समेत बताए ।
- ADVERTISEMENT -

चितवन चेम्बर अफ कमर्समा भट्टराईको नेतृत्व
December 28, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
