५० हजारले अवलोकन गर्ने अनुमान
चितवन । होटल व्यवसायी संघ चितवनको आयोजनामा आज (शनिबार) देखि नारायणगढस्थित क्याम्पाचौरमा रैथाने फुड फेस्टिबल हुने भएको छ । पुस १४ देखि १८ गतेसम्म हुने रैथाने फुड फेस्टिबलमा वृहत सांस्कृतिक कार्यक्रम र रैथाने खानाको स्वाद लिन पाइने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
फुड फेस्टिबलमा परम्परागत खानाका परिकार पाइने ३९ वटा स्टल रहने आयोजकले जनाएको छ । उक्त फेस्टिबलमा थारु खाना, नेवारी खाना, शुद्ध नेपाली खाना, थकाली खाना, शाकाहारी भोजनालय, चितवनको तास, स्पेशल लोकल कुखुराको सेकुवा, लोकल हाँस तथा माछाको परिकारलाई मुख्य रैथाने परिकारको रुपमा स्टल राखिने होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले बताए ।
कोभिडले थला परेको होटल व्यवसाय प्रवद्र्धनको लागि फुड फेस्टिबल आयोजना गरिएको उनले बताए । ‘कोभिडले सबैभन्दा बढि प्रभावित हुन पुगेको होटल तथा पर्यटन क्षेत्रलाई आर्थिक चलायमान बनाउनु र रैथाने खानाका प्रचारप्रसार गर्नु यस फुड फेस्टिबलको मुख्य उद्धेश्य हो,’ भट्टले भने ।
जिल्लाको आर्थिक अवस्था चलायमान बनाउन फेस्टिबलले सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रम संयोजक जनक पौडेलले जानकारी दिए । ‘चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र साँस्कृतिक विकासका साथै पर्यटन तथा होटल व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यले यो फेस्टिबलको आयोजना गरेका हौँ,’ उनले भने ।
फेस्टिबलको मुख्य आर्कषणको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । पुस १४ गते पशुपति शर्मा, प्रिति आले, सागर लम्साल(बले), १५ गते स्वप्न सुमन, १६ गते द स्याडोजको प्रस्तुती रहनेछ । त्यस्तै, १७ गते सुवोध गौतम(एकदुमे), तारा थापा, प्रजापति पराजुली र १८ गते अनु चौधरी, कर्णराज गिरी, ढाकाराम पौडेल, भुवन प्यासी, बाल कलाकार सुप्रिम मल्ल लगायत आउने उनले बताए ।
उक्त फुड फेस्टिबल बेलुका ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । नयाँ वर्ष र ल्होसारको अवसरमा पुस १५ र १६ गतेको लागि प्रवेश शुल्क ३०० रुपैयाँ तोकिएको छ भने अन्य दिन निःशुल्क प्रवेश गर्न पाइने उनले जानकारी दिए । पुस १५ र १६ गते राति १२ बजेसम्म स्टलहरु खुल्ला रहनेछन् ।
फेस्टिवल अवधिभर ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान छ । पाँच दिनमा करिब पाँच करोड भन्दा माथीको कारोबार हुने अनुमान गरिएकोे होटल व्यवसायी संघका अध्यक्ष भट्टले जानकारी दिए । फुड फेस्टिबल परिसरभित्रै खानेपानी तथा शौचालयको उचित प्रबन्ध गरिनुको साथै फ्रि वाइफाई र निःशुल्क पार्किङको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा रैथाने फुड फेस्टिबलको आज शुभारम्भ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -












