२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025
२०८२ जेष्ठ ७, बुधबार
May 21, 2025 Wednesday

चलचित्र ‘काँडेतार’ को इन्द्रदेवमा च्यारिटी शो हुने

प्रकाशित मिति : २०८० पुष १४ गते
- ADVERTISEMENT -

चितवन / अभिनेता नवल खड्काको निर्माण तथा निर्देशनमा बनेको चलचित्र काँडेतारको टोली प्रचारप्रसार क्रममा चितवन आइपुगेको छ ।
चलचित्र पत्रकार संघ चितवन शाखाव्दारा शुक्रबार गरिएको पत्रकार भेटघाटमा काँडेतारको पुस २१ गते इन्द्रदेव चलचित्र हलमा च्यारिटी शो गरिने अभिनेता खड्काले जानकारी दिए । उनले चलचित्र देशभक्ति झल्कने विषयवस्तु समेटिएको बताए ।
नेपालले आफ्नो सिमानामा काँडेतार लगाउनुपर्ने सन्देश दिने खालको चलचित्र बनेको उनले बताए । सिमानामा नेपाली जनताले भोग्नु परेको समस्या र समाधानलाई चलचित्रमा उत्कृष्ट किसिमले प्रस्तुत गरेको उनको भनाइ छ ।
त्यस्तै, चलचित्रले नेपाल–भारत सीमाको सुरक्षार्थ खटिने क्रममा घाइते तथा मृत्यु भएका सुरक्षाकर्मीको परिवारलाई सघाउने उनी बताउँछन् । चार करोड रुपैयाँ लगानीमा बनेको चलचित्र काँडेतार आगामी फागुन २५ गते देशभर प्रदर्शनमा आउने छ ।
‘हामीले यस चलचित्रबाट नेपालको सीमानामा काँडेतार लगाएर नेपाल र नेपालीलाई सुरक्षाको प्रत्याभूति दिन आवश्यक भइसकेको चलचित्रबाट सरकारलाई घचघच्याउन खोजेका छौं’, उनले भने ।
शिवम अधिकारी र नवल खड्काको लेखन रहेको काँडेतार सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।

- ADVERTISEMENT -