चितवन / होटल व्यवसायी संघ चितवनको आयोजनामा क्याम्पाचौरमा भएको रैथाने फुड फेस्टिबल तथा वृहत सांस्कृतिक कार्यक्रममा दर्शकहरु स्वप्न सुमनसँग झुमेका छन् ।
अंग्रेजी नयाँ वर्ष २०२४ को अघिल्लो दिन आइतबार राति स्वप्न सुमनले ९० मिनेटसम्म दर्शकहरुलाई मनोरञ्जन दिए । स्थानीय व्याण्ड र कलाकारहरुको प्रस्तुतीसँग पनि दर्शकले भरपूर मनोरञ्जन लिए ।
सोमबारदेखि नयाँ वर्ष २०२४ सुरु भएको छ । फुड फेस्टिबलमा आइतबार राति १ बजेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । आइतबार ३०० रुपैयाँको टिकट काटेरै हजारौँ दर्शक फुड फेस्टिबलमा पुगेको होटल व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश अर्यालले जानकारी दिए ।
‘दर्शकले क्याम्पाचौर भरिभराउ भएको थियो । हामीले गरेको अपेक्षा भन्दा धेरै नै दर्शक आउनुभयो’, उनले भने । फुड फेस्टिबलमा आज सोमबार द स्याडोज व्याण्डको टिम आउँदै छ । आयोजकले टिकट दर ३०० रुपैयाँ नै गरेको छ । पुस १८ गतेसम्म हुने फुड फेस्टिबलमा मंगलबार र बुधबारका लागि भने टिकट राखिएको छैन ।
व्याण्डहरुलाई पारिश्रमिक दिएर ल्याइएकाले दुई दिन टिकटको व्यवस्था गर्नुपरेको होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)ले बताए । फुड फेस्टिबलमा साना ठूला गरी ३९ वटा स्टलको व्यवस्था गरिएको छ । करिब पाँच करोड भन्दा माथीको कारोबार हुने अपेक्षा गरिएको फुड फेस्टिबलमा ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको भट्टले बताए ।
स्वप्न सुमनले फुड फेस्टिबलमा झुमाए दर्शक
January 1, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
