चितवन / अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्र लयमा फर्किएको बताएका छन् । उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री महतले कोभिडकालको असरले केही समय अर्थतन्त्र संकटमा परे पनि हाल लयमा फर्किसकेको दाबी गरेका हुन् । देशको मौद्रिक नीतिमा सुधार भएको बताउँदै उनले भने, ‘ब्याजदर हिजोको तुलनामा केही घटेको छ । बिस्तारै जग्गा कारोबार पनि बढ्दै गएको छ । तर, हिजोको जस्तो अथाह बढ्छ भन्ने सोच्नु हुँदैन ।’
यतिबेला देशको अर्थतन्त्र लयमा फर्किँदै गर्दा विप्रेषण सबैभन्दा माथि रहेको पनि उनले दाबी गरे । उद्योगी, व्यवसायीले मूल्य वृद्धि बढ्दै गएको हल्ला फैलाए पनि वास्तविकतामा मूल्य वृद्धि विगतको तुलनामा घटेको उनले दाबी गरे । ‘हिजो सालाखालामा ८ प्रतिशतसम्म मूल्य वृद्धि भएको थियो । तर, यतिबेला ५ प्रतिशतमा झरेको छ,’ उनले भने, ‘त्यसकारण यतिबेला मूल्यवृद्धि बढेको होइन, घटेको हो ।’ यो बीचमा उद्योगी व्यवसायी समस्यामा पर्नुको कारण खुलाउँदै अर्थमन्त्री महतले थप्दै गए, ‘केही व्यवसायी अझै पनि अप्ठ्यारोमा छन् । त्यसको कारण भनेको कोभिडकाल र त्यसभन्दा अघि राष्ट्र बैंकले प्रवाह गरेको ठूलो कर्जा प्रवाह हो ।’
त्यतिबेला लिएको अधिकांश ऋण सेयरमार्केट र जग्गा कारोबारमा लगानी गर्दा समस्यामा परेको उनले बताए । ‘जग्गा र सेयर बजारको मूल्य सधैँ बढ्छ भन्नु गलत हो,’ उनले भने, ‘आज पनि बढेकै छ, भोलि पनि बढ्ने नै छ, ऋण तिर्न गाह्रो हुँदैन भन्ने सोचेर बस्दा न्युयोर्कको रियलस्टेटभन्दा महँगो हुन थालेपछि त्यसको असर कहाँ पर्छ भन्ने कुरा बुझ्नुपर्छ ।’ बैंकबाट ऋण लिएर लगानी गर्दा त्यसबाट प्रतिफल आउन नसकेपछि व्यवसायीमा छटपटी सुरु भएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

अर्थतन्त्रमा सुधार हुँदैछ – अर्थमन्त्री महत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58











