चितवन / चितवनका रेफ्री प्रकाश भुजेल सन् २०२४ का लागि नेपालबाट फिफा रेफ्रीको सूचीमा परेका छन् । फिफाले सन् २०२४ को लागि जारी गरेको फिफा रेफ्रीको सूचीमा भुजेलसहित नेपालबाट १२ जना परेका छन् । अघिल्लो वर्ष पनि नेपालबाट १२ जनाले फिफा रेफ्री प्राप्त गरेका थिए । जसमध्ये ८ जनाले यस वर्ष पनि निरन्तरता पाएका छन् ।
चारजना भने नयाँ थपिएका छन् । जसमा भुजेल सन् २०२४ का लागि नेपालबाट फिफा सहायक रेफ्रीको सूचीमा परेका हुन् । सन् २०२४ का लागि नेपालबाट झापाका श्याम दनुवारले फिफा रेफ्री प्राप्त गरेका छन् ।
उनले फिफा सूचीबाट बाहिरिएका प्रकाशनाथ श्रेष्ठको स्थान लिएका हुन् । सन् २०२४ का लागि फिफा सहायक रेफ्रीमा भुजेलसँगै मेरिना धिमाल र हरिस कार्की पनि परेका छन् । चितवनका भुजेल र काठमाडौँका कार्कीले सहायक रेफ्रीमा क्रमशः स्वर्गीय विक्रम चौधरी र अमेरिका गएका युनाल मल्लको स्थान लिएका हुन् ।
महिलातर्फ राधिका शाख्यको स्थानमा एपीएफकी मेरिना धिमालले फिफा सहायक रेफ्री प्राप्त गरेकी हुन् । फिफा रेफ्रीमा प्रज्वल क्षेत्री नवीन र महर्जन र कवीन व्यञ्जनकारले यस वर्ष पनि निरन्तरता पाएका छन्। यस्तै महिलातर्फ अन्जना राईले यस वर्ष पनि निरन्तरता पाएकी छन् । सहायक रेफ्रीमा नानीराम थापा माधव खत्री, किशन कनैया यादव र सहदेव श्रेष्ठले निरन्तरता पाएका छन् ।
भुजेल २०६७ सालमा रेफ्री कोर्ष लिएर एन्फा रेफ्री बनेका थिए । २०७१ मा राष्ट्रिय रेफ्री बनेका भुजेल रेफ्रीको यात्रा सुरु गरेको १३ वर्षमा फिफा रेफ्री बनेका हुन् । लामो समयको अथक मेहेनत र लगनशिलताका कारण फिफा रेफ्री प्राप्त गरेको भन्दै भुजेलले खुशी व्यक्त गरे । फिफामा जाने हरेक रेफ्रीको सपना र लक्ष्य हुने भन्दै उनले आफ्नो सपना पुरा भएको बताए ।
चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले लामो समयपछि चितवनले फिफा रेफ्री पाएको भन्दै खुशी व्यक्त गरे । यो समग्र चितवनकै लागि गर्वको बिषय भएको कार्कीको भनाइ छ ।
चितवनका भुजेल फिफा रेफ्रीमा छनोट
January 8, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
