चितवन / पूर्वी चितवनको खैरहनीमा नवौं खिचरा महोत्सवको तयारी तिव्र पारिएको छ । हरेक वर्ष हुने उक्त महोत्सवमा यो वर्ष पनि राष्ट्रियस्तरका कलाकारहरु ल्याइने आयोजकले जनाएको छ ।
नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेल र चर्चित गायिका अनु चौधरीले माघ १ गते प्रस्तुति दिने थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीले जानकारी दिए । थारु समुदायको संस्कृति झल्कने खिचरा महोत्सवमा गजुरेल र चौधरीलगायत स्थानीय कलाकारहरुले पनि प्रस्तुति रहने बताइएको छ ।
परम्परागत साँस्कृतिक ठेकरा, झुमरा, रसधारी, लाठी नाचहरुको प्रस्तुतिका साथै विभिन्न जातजातिको सास्कृतिक प्रस्तुति तथा खिचरा डान्स नाइडल रहने उनले बताए ।
महोत्सव यही पुस २८ देखि माघ १० गतेसम्म सञ्चालन हुनेछ । थारु समुदायले आफ्नो संस्कृति जगेर्ना गर्न हरेक वर्ष महोत्सवलाई निरन्तरता दिँदै आएको छ ।
‘खिचरा महोत्सव’मा मनोज गजुरेल र अनु चौधरीको प्रस्तुति
January 11, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
