April 22, 2025

सवारी चालक अनुमतिपत्र छपाइ रोकिदैँन – मन्त्री ज्वाला

January 14, 2024
- ADVERTISEMENT -

चितवन / भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताए । ड्राइभिङ स्कुल सङ्घको पाँचाँै महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै मन्त्री ज्वालाले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए ।
मन्त्री ज्वालाले भने, “आज (शनिबार) मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छाँै । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ ।” उनले भने, “माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।”
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सृजना गर्दै आएको बताए । उनले भने, “स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ ।”
नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेकपा एमालेका भक्तिप्रसाद गौतम, नेपाल किसान महासङ्घका सचिव भरतप्रसाद फुयाल, सङ्घका अध्यक्ष रामचन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष खगेन्द्र वुढाथोकीलगायत वक्ताले मन्तव्य व्यक्त गरेका थिए ।

- ADVERTISEMENT -