२०८२ चैत्र ३०, सोमबार
April 13, 2026
२०८२ चैत्र ३०, सोमबार
April 13, 2026 Monday
- ADVERTISEMENT -

ड्राइभिङ स्कुल सङ्घको नेतृत्वमा चितवनका गुरुङ

प्रकाशित मिति : २०८० पुष २९ गते

चितवन / ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरुङ निर्वाचित भएका छन् । संघको पाँचौं महाधिवेशनबाट गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
गुरुङ स्किल ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालीका सञ्चालक एवं सङ्घका केन्द्रीय उपाध्यक्ष गुरुङले यसपटकको नेतृत्व चितवनले पाउनुपर्ने भन्दै छलफल तीव्र बनाएपछि सबैलाई उहाँलाई सहयोग गरेर निर्विरोध निर्वाचित गराएका महाधिवेशन संयोजक राजाराम परियारले जानकारी दिए ।
गुरुङ यसअघि तत्कालीन नारायणी ड्राइभिङ स्कुल व्यवसायी सङ्घको सल्लाहकार, ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय सदस्य एवं केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ । महाधिवेशनले गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद घिमिरे (कोशी), उपाध्यक्षहरुमा बाबुराम प्रधान (कोशी), महेश पौडेल (बागमती), महासचिवमा गोविन्दप्रसाद ढकाल (लुम्बिनी), सचिवहरु धनबहादुर अधिकारी (लुम्बिनी), विष्णुप्रसाद पोखरेल (गण्डकी) एवं कोषाध्यक्षमा विश्वकुमार माकाजु (गण्डकी) निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक अनिल गजुरेलले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरुमा चेतभक्त पौडेल (गण्डकी), खुमराज खड्का (लुम्बिनी), हरि ढकाल (बागमती), दीपनारायण साह (जनकपुर), वीरेन्द्रराज भुर्तेल (गण्डकी), साधुराम थापा (मोरङ), नैनबहादुर विष्ट (कैलाली), गीता अर्याल पन्त (लुम्बिनी), सुरज सिवाकोटी (कैलाली), अनन्त घिमिरे (मोरङ), भूपेन्द्रबहादुर थापा (सुनसरी) र अर्जुन केसी (नवलपुर) निर्वाचित हुनुभएको गजुरेलको भनाइ छ ।
ड्राइभिङ स्कुल सङ्घ नेपालको ३० सदस्यीय कार्यसमिति रहने विधानअनुसार बाँकी सदस्य पछि थप्ने नवनिर्वाचित अध्यक्ष गुरुङले बताए । गुरुङले आफूलाई विश्वास गरेर सर्वसम्मत निर्वाचित गराउनुभएकोमा सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद दिँदै व्यवसायिक हक हितका लागि आफूले जुनसुकै काम गर्नको लागि पनि तयार रहेको बताए । निर्वाचित नयाँ कार्यसमितिलाई शनिबार राति नै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।
महाधिवेशनको उद्घाटन नेपाल सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.07
148.67
European Euro
1
173.54
174.24
UK Pound Sterling
1
199.33
200.14
Swiss Franc
1
187.63
188.39
Australian Dollar
1
104.57
104.99
Canadian Dollar
1
106.98
107.41
Singapore Dollar
1
116.23
116.70
Japanese Yen
10
9.30
9.33
Chinese Yuan
1
21.69
21.77
Saudi Arabian Riyal
1
39.46
39.62
Qatari Riyal
1
40.62
40.78
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
40.31
40.47
Malaysian Ringgit
1
37.34
37.50
South Korean Won
100
9.97
10.01
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.23
23.33
Hong Kong Dollar
1
18.91
18.98
Kuwaity Dinar
1
483.26
485.22
Bahrain Dinar
1
392.76
394.35
Omani Rial
1
385.10
386.66