चितवन / कालिका नगरपालिकाले हिउँदे अधिवेशनका रुपमा (दोस्रो कार्यकालको चौथो नगर अधिवेशन) नगरसभा सम्पन्न गरेको छ । हिउँदे नगर सभाले आइतबार दुई महत्वपूर्ण विधेयक र दुई कार्यविधि पारित गरेको छ ।
सभाले नगर प्रज्ञा प्रतिष्ठान विधेयक, नगर प्रहरीको दरबन्दी स्वीकृत विधेयक र तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन कार्यविधि, उद्यम विकास कोष सञ्चालन तथा परिचालन कार्यविधि पारित गरिएको मेयर विनोद रेग्मीले जानकारी दिए ।
सभामा उप मेयर विमला तामाङले न्यायिक समिति, राजश्व परामर्श समिति, विधायन समिति र अनुगमन समितिको प्रतिवेदनको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सो अवसरमा उनले न्यायिक समिति अन्तर्गत चालू आर्थिक वर्षमा दर्ता हुन आएका ११ वटा मुद्दाहरु ७ वटा मुद्दा मेलमिलापबाट टुङ्गो लगाएको र ४ वटा मुद्दा छलफलमा रहेको जानकारी दिइन् । चालू आर्थिक वर्षमा ५ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा ६ महिनाको अवधिमा करिब ५० प्रतिशत अतार्थ २ करोड ४५ लाख राजश्व संकलन भइसकेको उनले जानकारी दिइन् ।
नगर सभामा सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, पूर्वाधार विकास समितिका संयोजक लक्ष्मण पौडेल, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बीरेन्द्र तामाङ, आर्थिक विकास समितिका संयोजक दीपक सिंह परियार, लेखा समिति संयोजक टीकाराम रेग्मी, संस्थागत विकास तथा सुसासन समितिका संयोजक दीपक बहादुर भट्टराईले चालू आर्थिक वर्षमा भएका काम र उपलब्धी प्रस्तुत गरेका थिए ।
नगर सभाले तेस्रो नगर सभाले विनियोजन गरेका योजनाहरु मध्ये सञ्चालन हुन नसक्ने तथा तत्काल नगरी नहुने अन्य आवश्यक योजनाहरुलाई साविकमा विनियोजन गरेको बजेटको परिधि भित्र रही रकमान्तर र बजेट संशोधन गरिएको प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतमले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

कालिका नपाको चौथो नगर अधिवेशन : दुई विधेयक र दुई कार्यविधि पारित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












