खैरहनी / पूर्वी चितवनको खैरहनी स्थित गौचरनमा जारी नवौ खिचरा महोत्सवको चौथो दिन आज (मंगलबार) द इलइमेन्टस ब्याण्डको प्रस्तुति रहने भएको छ ।
खैरहनी नगरपालिका–५ गौचरनम जारी महोत्सवमा चर्चित तथा युवाहरुमा माझ लोकपृय ब्याण्ड द इलइमेन्टस को प्रस्तुति रहने आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र न ७ का सभापति रामेश्वर चौधरीले बताए । सपनाको मायालु, उर्जा, माया भन्छ, ठूला ठूला सहर, त्यसैले हिडे माया लगाएत दर्जानौ लोकपृय गितहरु रहेको छ ।
ब्याण्डका साथै थारु समुदायका चर्चित गायक विका महतो लगाएत स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने छ । त्यस्तै गरि रत्ननगर कला मन्दिरका विभिन्न नृत्यहरु पनि रहने चौधरीले जानकारी दिए ।
महोत्सवमा आजै चित्रकला प्रतियोगिता र रक्तदान कार्यक्रम रहेको छ । महोत्सवमा मनोरञ्जनका लागि बाल उधान सहित थारु मौलिक संस्कृति झल्किने विभिन्न सामाग्री समेत पदर्शनमा राखिएको छ । महोत्सव माघ १० गते सम्म चल्ने छ ।
खिचरा महोत्सव : द इलिमेन्टस ब्याण्डको प्रस्तुति आज
January 16, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
