खैरहनी / पूर्वी चितवनको खैरहनीमा जारी नवौ खिचरा महोत्वसमा आज (बुधबार) भोजपुरी गायक सुनिल पण्डितले प्रस्तुति दिने भएको छ ।
गायक पण्डितसँगै भोजपुरी डान्सर तथा चर्चित टिकटकर प्रीति पासवानको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय गायिका शारदा चौधरी लगाएत अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने बताइएको छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादन प्रदर्शनी, स्थानीय उत्पादन, बाल उधान, महिलाहरुले तयार गरेका हस्तकलाका सामग्रीमा, थारु समुदायका परम्परागत सामग्री प्रदर्शनीमा जोड दिइएको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र न ७ का सभापति रामेश्वर चौधरीले बताए । महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।
नवौं खिचरा महोत्सव : भोजपुरी गायक सुनिलको प्रस्तुति आज
January 17, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
