नेपाल योग र साधनाको जन्मभूमि हो । नेपालमा योग अर्थात् साधना पाँच हजार वर्षअघिको पुरानो परम्परा मानिन्छ । पछिल्लो समय योग साधना मानव जीवनको एउटा अङ्ग नै बनिसकेको परिप्रेक्ष्यमा नेपालमा पनि नवौँ योग दिवस मनाइएको छ । नेपाल र छिमेकी भारतमा विशेष महŒवका साथ योगाभ्यास गरिँदै आए पनि नेपालमा औपचारिक रुपमा यो दिवस २०७२ माघ १ गतेदेखि मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउने निर्णय गरेसँगै यसको महŒव झनै बढेर गएको पाइन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले योगलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन प्रस्ताव गरेका थिए । जसमा नेपाललगायत १७५ मुलुकले समर्थन गरेपछि यो विश्वकै सम्पदा बन्न पुगेको हो । प्राचीनकालमा धार्मिकरुपमा सन्त ऋषिहरुले थालनी गरेको योगाभ्यास आज एसिया, युरोप र अमेरिकी मुलुकहरुमा विस्तारित भइसकेको छ ।
नेपाल प्राकृतिक विविधता र शान्त मुलुकका रुपमा संसारभर परिचित छ । प्राचीनरुपमा आफ्नै क्षेत्रमा उत्पत्ति भएको योग शारीरिक, मानसिक र आध्यात्मिक अध्यासका दृष्टिले मात्र नभएर व्यस्त दैनिकी र स्वव्यवस्थापनका लागि पनि उत्तिकै महŒवपूर्ण रहिआएको छ । खुसी हुन, तनावरहित जीवन बिताउन र मुहारमा हाँसो भर्न योग नै निर्विकल्प माध्यम मानिन्छ । पछिल्लो समय नयाँ पुस्तामा पनि योगप्रति आकर्षण बढेको मात्र छैन, धेरैले यसलाई आफ्नो जीवनपद्धतिसमेत बनाएका छन् । योगका माध्यमबाट योगी नरहरिनाथ, स्वामी विवेकानन्द, स्वामी रामदेवलगायतले जागरण अभियान नै बनाउन सफल भए । विश्व स्वास्थ्य संगठनले मानिसको मानसिक विकास र शारीरिक सक्रियताका लागि योग गर्न आवश्यक रहेको बताउँदै आएको छ ।
नेपालमा ७० प्रतिशत मृत्यु नसर्ने रोगका कारणबाट भइरहेको छ । उच्च रक्तचाप, मुटु÷हृदयाघात, चिनीजस्ता नसर्ने रोगबाट मृत्युदर घटाउन पनि योगाभ्यास गर्नुपर्ने ठहर विश्व स्वास्थ्य संगठनले गरेको छ । योग तथा शारीरिक सक्रियताका कारण मृत्युदर घटाउन तथा व्यक्तिको कार्यक्षमता बढाउन मद्दत पुग्ने गरेको छ । योग र आध्यात्मका माध्यमबाट ऐतिहासिक तथा पवित्र धार्मिक क्षेत्रहरुको प्रवद्र्धन र पर्यटकीय आकर्षण बढाउन सकिन्छ । योगमा ध्यान र व्यायाम दुवैको संयोग रहन्छ । मुटु, मांसपेसी तथा सम्पूर्ण शारीरिक तन्दुरुस्तीका लागि पनि योगाभ्यास उपयोगी रहेको योग गुरुहरुले बताउँदै आएका छन् । यसै तथ्यलाई मनन गर्दै सबैले योगलाई आफ्नो जीवनमा अंगीकार गर्नु आवश्यक देखिएको छ ।
राष्ट्रिय योग दिवसको सन्दर्भ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
