April 26, 2025

चितवनमा ज्यान मार्ने धम्की दिने ३ जना पक्राउ

January 18, 2024
- ADVERTISEMENT -

चितवन / १५ लाख नदिए सुट गरेर हत्या गर्छु भनेर धम्क्याएको आरोपमा चितवन प्रहरीले तीन जनालाई पक्राउ गरेका छन् । उनीहरुले विभिन्न नम्बरबाट फोन गरेर उक्त रकम माग गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रुपन्देहीको असुरैना वडा नं. १ घर भई भरतपुर महानगरपालिका वडा नं. १ मा व्यवसाय गरेर बस्ने करन गुप्तालाई बारम्बार फोन गरेर रकम मागेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२१ बस्ने २७ वर्षका सरोज सुनार, भरतपुर महानगरपालिका–१ का २६ वर्षीय दिपक वि.क., भरतपुर महानगरपालिका–२६ बस्ने वर्ष २५ को सागर बि.क. रहेका छन् । उनीहरुलाई प्रहरीले १५ लाख रकम दिने भन्दैं लोभ्याएर पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले फिरौती रकम दिन लगाएर उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएका हुन् ।
पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

- ADVERTISEMENT -