२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

खिचरा महोत्सवमा आज लोकप्रिय गायक उर्गेन दोङको प्रस्तुति

प्रकाशित मिति : २०८० माघ ५ गते

खैरहनी । पछिल्लो समय चर्चा बटुल्न सफल लोकप्रिय गायक उर्गेन दोङले जारी खिचरा महोत्सवमा आज (शुक्रबार) प्रस्तुति दिने भएको छ । टाढा भए पनि मेरो माया गाढा छ नि भन्दै आफ्ना शुभचिन्तक र दर्शकहरुलाई नजिकबाट भेट्न दोङ चितवन आएका हुन् ।
फरक शैली तथा प्रस्तुतिका कारण हाम्रो माया कहिले नछुटोस, तिमिले चुमेका हातहरु, हाम्रो यो माया, लजालु मायालु, सैया सैया लगाएत दर्जनौ गितहरु दर्शक, श्रोताहरु माझ निक्कै लोकप्रिय छन । उनले खस भाषा संगै तामाङ र थारु भाषालाई पनि मिसाएर गित संगितमा नयापन दिन खोजेका छन । चन्चले मायासे जिस्कैना मनैसे वार लाजे महिन लागे हो थारु भाषाको लाइन सामाजिक संजालमा भाइरल भएपछि थारु समुदायमा पनि उत्तिकै लोकपृय रहेका छन् ।
गायक दोङसंगै सांगित क्षेत्रमा चर्चित एवं लोकपृय गायक अमित सिंह चौधरीको प्रस्तुति रहने कलाकार संयोजक जयस चौधरीले जानकारी दिए । तोर कुर्थावाक ललकि सलवा, क का कि कि, बनमा नाचे मजोर रे लगाएत दर्जनौ थारु तथा खस भाषामा गायक चौधरीको हिट गित रहेका छन । आजै कतब्य ब्याण्ड लगाएत अन्य स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवमा स्थानीय कृषि उत्पादन प्रदर्शनी, स्थानीय उत्पादन, बाल उधान, महिलाहरुले तयार गरेका हस्तकलाका सामग्रीमा, थारु समुदायका परम्परागत सामग्री प्रदर्शनीमा जोड दिइएको आयोजक संस्था थारु कल्याणकारिणी सभा क्षेत्र न ७ का सभापति रामेश्वर चौधरीले बताए । महोत्सव माघ १० गतेसम्म सञ्चालन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -