April 26, 2025

लागूऔषधसहित दुई जना पक्राउ

January 20, 2024
Sketch
- ADVERTISEMENT -

मकवानपुर / मकवानपुर प्रहरीले शुक्रबार अवैध लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५, स्थित रातोमाटेबाट अवैध लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीको नियन्त्रणमा हुनेहरुमा तनहुँको व्यास नगरपालिका–६ का ३२ वर्षीय बमबहादुर विक र नवलपरासीको देवचुली नगरपालिका–७ का ३० वर्षीय अर्जुन विक रहेका छन् ।
प्रहरीले बमबहादुरको साथबाट लागूऔषध डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल, नुफिन २५ एम्पुल र अर्जुनको साथबाट लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल, नुफिन ६ एम्पुल बरामद गरेको हो ।
प्रहरीका अनुसार, वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा. प्र ०१–००१ ख ५८६८ नम्बरको इलेक्ट्रिक गाडीमा सवार उनीहरुमाथि शंका लागि चेकजाँच गर्दा सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको नियन्त्रणमा रहेका दुबै जनामाथि थप अनुसन्धान एवम् कारबाही प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

- ADVERTISEMENT -