मकवानपुर / हेटौंडाबाट पेस्तोलसहित शुक्रबार बिहान दुई जनालाई पक्राउ गरिएको छ । मनवानपुर प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट एक थान पेस्तोल र एक थान गोलीसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बाजुराको हिमाली नगरपालिका वडा नम्वर १ बस्ने अन्दाजी ३१ वर्षीय देवबहादुर थापा र नवलपरासी पुर्वी सुस्ता कावासोती नगरपालिका वडा नम्वर ५ बस्ने ५७ वर्षीय विरबहादुर थापा मगर रहेका छन् । उनीहरुलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, बिहान १०ः२० बजेको समयमा चितवनबाट काकडभिट्टातर्फ जाँदै गरेको मे.१ ख.२५३७ नं.को यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा देवबहादुरको साथबाट सो परिमाणको पेस्तोल र गोली बरामद भएको हो ।
साथै प्रहरीले देवबहादुरको साथबाट दुई वटा प्लास्टिकमा सेतो कलरको पाउडर जस्तो देखिने धुलो अन्दाजी २ किलो ७०० ग्राम पनि बरामद भएपछि सोही बसमा सवार विरबहादुरलाई पनि पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृयना अगाडि बढाएको जनाइएको छ ।
- ADVERTISEMENT -

पेस्तोलसहित दुई जना प्रहरीको नियन्त्रणमा
January 20, 2024

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
