खैरहनी / खिचरा महोत्सवमा युवा पुस्ताहरुको चाहना र भावनालाई मध्यनजर गरी शनिबार युवा मनको ढुकढुकी बन्न सफल ब्याण्ड जोन द लोकल ब्याण्डको प्रस्तुति रहेको थियो । पछिल्लो समय निकै चर्चामा रहेको लोकप्रिय ब्याण्ड जोन चाम्लिङ राईको प्रस्तुतिमा टिकट दर १०० रूपैयाँ रहेको बजारको हल्लाले आयोजक टिमलाई हताहती पारेको थियो ।
महोत्सवका संयोजक रामेश्वर चौधरीले उद्घाटन समयदेखि नै टिकटदर ५० रूपैयाँ र विद्यार्थीका लागि ३० रूपैयाँ नै रहेको जानकारी दिए । उनले बजारमा चलेको हल्ला निराधर रहेको बताउँदै पुरानै टिकटदर कायम रहेको बताए ।
महोत्सवमा ब्याण्डहरुको प्रस्तुति हेर्न कन्सर्ट र महंगा टिकट काट्नु पर्ने बाध्यतालाई सहज गर्नको लागि युवाहरुको रोजाइमा परेको चर्चित ब्याण्डको प्रस्तुति पस्केको कलाकार संयोजक जयस चौधरीले बताए ।
फर्कन्न होला अब म गएपछि, हावा जस्तै मलाई उड्न मन छ अल्झाइ नराख, को छ र, मुटु देखि लगाएत दर्जनौ गितहरु युवा पुस्ता माझ लोकप्रिय छन् ।
संगितकार, गायक, कम्पोजकर गणेश चौधरीको पनि प्रस्तुति रहेको थियो । चितवनकै उदीयमान गायक विश्व चौधरी लगाएत थारु सास्कृति प्रस्तुतिका साथै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहेको थियो ।
राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति भाषा संस्कृति नेपालको पहिचान भन्ने मूल नाराका साथ आयोजना गरिएको नवौ खिचरा महोत्सव माघ १० गते सम्म सञ्चालन हुनेछ ।
‘जोन द लोकल ब्याण्ड’ को प्रस्तुतिले झुमाए युवापुस्ता
January 21, 2024

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
