April 22, 2025

उर्ग्यान गुम्बाको नेतृत्वमा चेतबहादुर तामाङ

January 21, 2024
- ADVERTISEMENT -

चितवन / भरतपुर ५, नारायणपुर स्थित उर्ग्यान नोर्बु छोलिङ गुम्बाको अध्यक्षमा चेतबहादुर तामाङ चयन भएका छन् । अध्यक्ष तामाङ छोलिङ गुम्बाको १३औं साधारण सभा तथा छैटौं अधिवेशनबाट चयन गरिएको हो ।
अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो भने जसको उपाध्यक्षमा राजकुमारी तामाङ, महासचिव प्रकाश तामाङ, सचिव जंगबहादुर तामाङ, कोषाध्यक्ष वीरबहादुर तामाङ, सहकोषाध्यक्ष मेघबहादुर तामाङ निर्वाचित भएको हो ।
यस्तैगरी सदस्यहरुमा सदस्यहरुमा चित्रबहादुर तामाङ, चन्द्रसिंह तामाङ, मिनराज तामाङ, काशीमाया तामाङ, जसु तामाङ चयन भएका छन् भने सल्लाहकार संयोजक आसमान तामाङ र सदस्यहरुमा गणेश तामाङ, सन्तबहादुर तामाङ, गोठबहादुर तामाङ, चिम बहादुर तामाङ, कुम्ब्रसि तामाङ छानिएका हुन् ।


कार्यक्रमका प्रमुख अतिथि गुम्बाको प्रमुख लामा तेमा वाङ्छु रहेका थिए । प्रमुख अतिथि वाङ्छुले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । गुम्बाका हकहितका लागि सबै एक ढिक्का भएर लाग्नु पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा गुम्बाका सचिव जंगबहादुर तामाङले प्रगति प्रतिवेदन र कोषाध्यक्ष वीरबहादुर तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको कार्यसमितिको कार्यकाल दुई वर्षको रहेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष आसमान तामाङको अध्यक्षतामा सम्पन्न भएको हो ।

- ADVERTISEMENT -