निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

व्यवसायिक समस्या समाधानको लागि ध्यानाकर्षण

प्रकाशित मिति : २०८० माघ ८ गते
- ADVERTISEMENT -

चितवन / उद्योग वाणिज्य संघ–चितवनले उद्यमी व्यवसायीहरुको वर्तमान समस्या र कर तथा राजश्वसँग सम्बन्धित समस्या समाधानार्थ नेपाल उद्योग वाणिज्य महासंघ मार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै समस्या समाधानार्थ पहल गर्नका लागि अनुरोध गरिएको हो ।
देशको कुल ग्राहस्थ उत्पादनमा ८१ प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई राज्यले लागु गर्ने नीति नियमहरु निजी क्षेत्र मैत्री नरहंदा राजश्व नीति अस्पष्ट र झन्झटिलो हुँदा व्यवसायी झन् हतोत्साहित भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा एउटा व्यवसायीको गल्तिका कारण अन्य सयौं व्यवसायीहरु पनि कारवाहीको भागिदार हुनुपर्ने वातावरण सिर्जना भएको, स्रोतमा (विक्रेता) समस्या हँुंदा क्रेता पनि स्रोतका कारण छानवीनमा पर्ने दण्ड जरिवाना गर्ने कार्य गैह्र व्यवसायिक भएको भनिएको छ ।
संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले कृषि उद्यम केन्द्र मार्फत चितवनमा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन् । संघका निबर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले बैंक ब्याजसँग सम्बन्धित समस्या सम्बोधन गर्नका लागि पहल गर्न आग्रह गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै नेउवा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले तत्काल नै समस्याको समाधानार्थ सम्बन्धित निकायमा पहल गरिने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48