April 22, 2025

तामाङ महोत्सवको मन्त्री लामाले गरे उद्घाटन, आज एलिना चौहानको प्रस्तुति

February 8, 2024
- ADVERTISEMENT -

चितवन / श्री च्योमदेन दे ढा च्योम गुम्बाद्वारा आयोजित ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’को ऐतिहासिक उद्घाटन गरिएको छ । मन्जुश्री सम्वत २८६० (डुक÷मु ल्हो) सोनाम ल्होछारको अवसर पारेर सुरु गरिएको उक्त महोत्सवको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि बहादुरसिंह लामाले बुधबार पानसमा दियो प्रज्वलन गरी उद्घान गरेका हुन् ।
प्रमुख अतिथि लामाले तामाङ समुदायको गौरव र गरिमा बोकेको ल्होछार महोत्सवले तामाङहरुको संस्कार र संस्कृतिलाई उजागार गरेको बताए । उनले महोत्सवको सफलताको शुभकामना दिँदै तामाङको संस्कृति जगेर्नाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा तामाङ सेलो तथा राष्ट्रिय कलाकारहरु उर्गेन दोङ, जितु लोप्चन, विकाश कालदेनको बेजोड प्रस्तुति थियो । तामाङ संस्कृति झल्किने डम्फु सेलो, फापरी सेलो, मेन्दो सेलो समेत प्रदर्शन गरिएको थियो । कलाकारहरुले गीत संगीतमा दर्शकहरु उत्साहित भएर झुमेका थिए ।
सोही अवसमा विपन्न वर्गका ४० बढी घरधुरीलाई कम्बल वितरण गरिएको थियो । कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई तामाङ टोपी र खादा पहिराएर स्वागत गरिएको थियो ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय सचिव गोमनसिंह तामाङ, चितवन घेदुङका सचिव सन्देश घलान, बागमती प्रदेशका सांसद सुमन तिमिल्सिना, राप्ती नगरपालिका उपमेयर देवेन्द्र लामा, निवर्तमान उपमेयर इमानसिंह लामा, विभिन्न पालिकाका मेयर तथा वडाध्यक्षहरुले शुभकामना मन्तव्य दिएका थिए ।
यसअघि विभिन्न जातजातिको भेषभूषा र झाँकीसहितको र्याली गरिएको थियो । ब्रम्हनगरबाट सुरु गरिएको उक्त र्यालीमा स्थानीय लगायत जिल्लाभरिकै जनसहभागिताको बाक्लो उपस्थिति थियो भने महोत्सव स्थल पुगेर समापन गरिएको थियो ।
आयोजकका अनुसार राप्ती ९, वानगु्रपमा जारी महोत्सवको आज दोस्रो दिन (बिहीबार) पछिल्लो पुस्ताले अत्यधिक रुचाइएका एलिना चौहानको प्रस्तुति रहने छ । कार्यक्रमको प्रस्तुतिसँगसँगै चौहानलाई स्थानीय कलाकारको पनि साथ रहने छ ।
कार्यक्रम गुम्बाका अध्यक्ष देवराज लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -