रत्ननगर / राष्ट्रिय थारु कलाकार मञ्चको प्रथम महाधिवेशन चितवनको पर्यटकीय नगरी सौराहामा आजदेखि सुरु हुने भएको छ । महाधिवेशन दुई दिन (माघ २७ र २८ गते) सम्म चल्ने बिहीबार पत्रकार सम्मेलन मार्फत मञ्जले जानकारी गराएको हो ।
मञ्चका अनुसार महाधिवेशनमा २६ जिल्लाका १३० जना प्रतिनिधि र २६ जना परिवेक्षकले भाग लिने छन् भने ४ हजार बढी कलाकार तथा थारु समुदायका अगुवाहरु विभिन्न जिल्लाबाट सौराहा आउने छन् ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनसंगै थारु संस्कार संस्कृति, पहिचान र परिकारलाई प्रवद्र्धन गर्ने मञ्चका अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिए । पाँच वर्षअघि गठन भएको मञ्चले थारु कलाकारहरुको क्षमता अभिबृद्धि, पेशागत सुरक्षामा क्रियाशिल रहेको उनले बताए । मञ्चले थारु भाषा, कला र संस्कृतिको संरक्षण, सम्र्बद्धन गर्न र थार समुदायमा रहेको प्राचीन सम्पदा जोगाउन पनि सक्रिय रहेको अध्यक्ष चौधरीको भनाई छ ।
अधिवेशनको उद्घाटनमा थारु पौराणिक लोकनाच, लोकगीत, बाजासहित थारु पहिरन र गहनासमेत लगाएका ५० वटा झाँकी प्रस्तुत गरिने उनले बताए । दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा क¥या चोल्या, उज्जर गोन्यामा सजिएर थारु मन्द्रा, मञ्जौराको तालमा नाचिने सख्या नाच, चितवनको लठ्ठी नाच, उदयपुर, सप्तरी, सिराहा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, झापामा प्रचलित धुमरा चोरखेली नाच अधिवेशनमा प्रस्तुत हुनेछन् ।
थारुका आधुनिक र व्यवसायिक सिर्जनाका साथै प्राचीन गीत, संगित र नृत्य नाटकहरुलाई पनि प्रचार गर्ने अध्यक्ष चौधरीले बताए । लोकबाजाहरु मन्द्रा, मन्जौरा, झालर, झाली, कस्तार, चत्कौली, बस्या, घुघ्ना, घुंघुरु, डफ, डफ्ली, मृदंग, हर्मोनियम, बोसलीको पनि संरक्षण आवश्यक भएको अध्यक्ष चौधरीले बताए । अधिवेशनमा मौलिक सिर्जना र साधनहरुका बारेमा परिचर्चाहरु हुने उनले बताए । त्यसैगरी थारु समुदायका विशेष खाना ढिक्री, घोङ्गी, खिचरी, तिलको लड्डु आनदीको भात, भक्का, केराको तरुवा, खँरिया, बरिया, अन्डीको रोटी, झझरा रोटी, सिद्रा माछा, बङ्गुरको मासु, हाँसको मासु, बयरको चट्नी, अचार अधिवेशनमा उपलब्ध गराउने अध्यक्ष चौधरीले बताए ।
थारु नेपालको आदिवासी समुदाय हुन् । नेपालको पूर्वीदेखि पश्चिमसम्मको तराई क्षेत्रमा थारु समुदायको बसोबास छ । राष्ट्रिय थारु कलाकार मञ्चको नेपालका २६ जिल्लामा संगठन भएको महासचिव रोशन रत्गैंयाले जानकारी दिए । महाधिवेशनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने महासचिव रतगैंयाले बताए । नेपालमा ७७० जना थारु समुदायका कलाकारहरु रहेको अनुमान रहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा आजदेखि थारु कलाकारको महाधिवेशन सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -













